arrow

अतिरिक्त समयमा फेरान टोरेसको गोल, स्पेन उपाधिनजिक

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ४ सोमबार
goal-spain.jpg

काठमाडौँ । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनले अतिरिक्त समयको शुरूमै बहुमूल्य गोल गर्दै अर्जेन्टिनामाथि १-० को अग्रता बनाएको छ।

खेलको १०६औँ मिनेटमा फेरान टोरेसले निको विलियम्सको उत्कृष्ट पासलाई सदुपयोग गर्दै गोल गरेपछि स्पेन उपाधिनजिक पुगेको हो।

निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएको खेलमा अतिरिक्त समय सुरु भएको केही क्षणमै आएको यो गोलले फाइनलको समीकरण बदलिदिएको छ।

यसअघि अतिरिक्त समयमा पनि स्पेनले केही उत्कृष्ट अवसर सिर्जना गरेको थियो। अन्ततः टोरेसले निर्णायक प्रहार गर्दै अर्जेन्टिनाको रक्षापंक्ति भेद्न सफल भए।

गोल खाएपछि अर्जेन्टिनाले खेल बराबरीमा ल्याउन आक्रामक रणनीति अपनाएको छ। तर स्पेनले आफ्नो अग्रता जोगाउँदै दोस्रो विश्वकप उपाधि जित्ने लक्ष्यतर्फ बलियो कदम बढाएको छ।

खेलमा अझै केही मिनेट बाँकी रहेकाले अर्जेन्टिनासामु पुनरागमन गर्ने अवसर कायम छ। बराबरी गोल फर्काउन नसके स्पेन सन् २०१० पछि पहिलो पटक विश्वकप च्याम्पियन बन्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ