arrow

तिनाउ नदीमा बाढी, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ४ सोमबार
tinahu-khola-81-3-22.jpg

काठमाडौँ। रुपन्देहीस्थित तिनाउ नदीमा बाढी आएकाले नदीकिनार र आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले विशेष आग्रह गरेको छ।

विभागले आज एक सूचना जारी गर्दै तिनाउ नदीको जलाधार क्षेत्र र आसपासका भू-भागमा निरन्तर भारी वर्षा भइरहेकाले नदीमा पानीको सतहले खतराको तह पार गरेको जनाएको छ। नदी आसपासका डुबान भइरहने होचा स्थान तथा तटिय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन र बिहानसम्म विशेष सजगता अपनाउन विभागले ध्यानाकर्षण गराएको छ।

बाढीको जोखिम बढेसँगै स्थानीय प्रशासनले पनि नदी तटीय क्षेत्रमा निगरानी बढाएको छ भने सर्वसाधारणलाई नदी किनारमा नजान र सतर्क रहन सूचित गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ