arrow

देशका विभिन्न नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ४ सोमबार
khotang-flood-.jpg
तस्बिर फाइल

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न जिल्लाका साना नदीहरूमा आज बहाव उल्लेख्य रूपमा बढ्न सक्ने चेतावनी दिँदै नदी आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अनुसार गोरखा, रूपन्देही, अर्घाखाँची, कपिलवस्तु र दाङ जिल्लाबाट बग्ने साना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ।

यसैगरी, झापा, मोरङ, इलाम, सुनसरी, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, गुल्मी, पाल्पा, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), प्युठान, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर, बैतडी र दार्चुला जिल्ला आसपासका साना नदीहरूमा पनि बाढीको जोखिम रहेको विभागले जनाएको छ।

विभागका बाढीविद् विनोद पराजुलीले ती जिल्लाका नदी तटीय क्षेत्र तथा खोला आसपासका सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गर्दै नदीमा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले यस्तो अवस्थामा नदी तर्न, माछा मार्न, नदीजन्य सामग्री उत्खनन गर्न तथा नदी किनारमा बस्न वा आवतजावत गर्न नहुने स्पष्ट पारे।

साथै, विभागले स्थानीय प्रशासन, सुरक्षा निकाय र सम्बन्धित स्थानीय तहलाई पनि सम्भावित आकस्मिक बाढीको जोखिमलाई मध्यनजर गर्दै आवश्यक पूर्वतयारी तथा प्रतिकार्यमा तयारी अवस्थामा रहन अनुरोध गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ