arrow

दश जुवाडे रंगेहात पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ५ मंगलबार
juwade-arrest-final.jpg

पोखरा । पोखरा महानगरपालिका-१४ रातोडाँडाबाट जुवातास खेलिरहेको अवस्थामा १० जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार साउन ३ गते साँझ करिब ६ बजे जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले घटनास्थलबाट नगद ३८ हजार ४३५ रुपैयाँ र २०८ पत्ती तास बरामद गरेको जनाएको छ।

पक्राउ परेका १० जनाविरुद्ध जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुर मा पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ