जनकपुर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङ जनकपुरधामको जानकी मन्दिर आउने भएपछि हिन्दूवादी सङ्घसंस्थाहरूका सदस्यहरूले विरोध प्रदर्शन गरेका छन् ।
उनीहरूले जनकपुरधामको जानकी मन्दिर अगाडि नाराबाजी गर्दै हर्कविरुद्ध प्रदर्शन गरेका हुन् ।
क्रिश्चियन धर्म मान्ने हर्लाई हिन्दुहरूको आस्थाको केन्द्र जानकी मन्दिर भित्र प्रवेश गर्न नदिने भन्दै हिन्दूवादी सङ्घसंस्थाहरूले आपत्ति जनाउँदै विरोध गरेका हुन् । अहिले जानकी मन्दिर बाहिर र परिसरभित्र भारी मात्रामा प्रहरी परिचालन गरिएको छ ।
श्रम संस्कृति पार्टीका कार्यकर्ताहरू जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिएका छन् ।
राई विभिन्न कार्यक्रमहरूमा समावेश हुन जनकपुरधाम आउने कार्यक्रम छ ।