काठमाडौं । सुदूरपश्चिम प्रदेशमा बिहानै भूकम्पले हल्लाएको छ । बझाङ जिल्लाको कोटदेवल केन्द्रबिन्दु भएर बुधबार बिहान ४ बजेर ४० मिनेटमा भूकम्प गएको हो ।
४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । पछिल्लो समय साना साना भूकम्पका धक्का देशका विभिन्न भागमा केन्द्रबिन्दु भएर जान थालेका छन् ।
गत आइतबार रुकुम पूर्वको कोलमा केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।
वर्षाका बेलामा जाने भूकम्पले क्षति बढी गराउन सक्ने विज्ञहरू बताउँछन् ।