arrow

इरानका सैन्य ठेगानाहरूमा लगातार एघारौँ रात पनि आक्रमण जारी

सामरिक क्षेत्र र ऊर्जा मार्ग प्रभावित

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ६ बुधबार
iran-attack-26-7-9-bbb.jpg

काठमाडौँ । अमेरिकी सेनाले इरानभित्र रहेका विभिन्न सैन्य ठेगानाहरूमाथि लगातार एघारौँ रात पनि आक्रमण जारी राखेको छ। अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकाम) ले सामाजिक सञ्जालमार्फत यो कारबाहीको औपचारिक जानकारी दिएको हो।

सेन्टकामका अनुसार अमेरिकी फौजले मंगलबार इरानभित्रका विभिन्न सामरिक सैन्य लक्ष्यहरूलाई निशाना बनाई यो आक्रामक कारबाही सुरु गरेको थियो। पछिल्ला यी आक्रमणहरूमा इरानका सैन्य सञ्चालन केन्द्रहरू, ड्रोन तथा क्षेप्यास्त्र भण्डारस्थलहरू, रसद पूर्वाधारहरू र हवाइ अखडाका ह्याङ्गरहरूलाई विशेष रूपमा लक्षित गरिएको छ।

फारसको खाडी तथा हर्मुज जलमार्ग क्षेत्रमा व्यावसायिक जलमार्ग र सुरक्षा खतरालाई न्यूनीकरण गर्ने उद्देश्यले यो कारबाही चलाइएको सेन्टकामको भनाइ छ। मध्यपूर्व क्षेत्रमा उत्पन्न गम्भीर सुरक्षा चुनौती र बढ्दो द्वन्द्वकाबीच जारी यो सैन्य कारबाहीका कारण कूटनीतिक प्रयासहरू प्रभावित हुनुका साथै सामरिक तथा ऊर्जा मार्गहरूमा समेत गम्भीर असर परेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ