arrow

प्रदेश सरकारबारे देखिएको अन्योल छिट्टै अन्त्य हुन्छ: ओली

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ७ बिहिबार
kp-oli-07.jpg

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश सरकार सञ्चालनका सन्दर्भमा देखिएको अन्योल र अस्पष्टता छिट्टै अन्त्य हुने बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलालको ४८ औँ स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त धारणा व्यक्त गरेका हुन्। नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सत्ता साझेदारीमा फेरबदल तथा प्रदेश सरकारहरूमा सत्ता सहकार्य टुट्ने र नयाँ गठबन्धन बन्ने चर्चा चलिरहेको बेला उनको यो भनाइ आएको हो।

कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, ‘अहिले प्रदेश सरकारहरूमा अलिकति अन्योल जस्तो भएको छ । तर त्यसको समाधान हामी छिट्टै दिन्छौं । र त्यो अस्पष्टतालाई हामी हटाउँछौं । स्पष्ट ढंगले प्रदेश सरकारहरू, स्थानीय सरकारहरू चल्छन् ।’ साथै, उनले देशका सबै राजनीतिक दलहरू मिलेर संघीय सरकारलाई समेत सही दिशामा अघि बढ्न सजग गराउनुपर्ने आवश्यकता रहेको औँल्याए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ