arrow

डाँडा एक दृश्य दुई 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १० आइतबार
nature-flood-pure-water.jpg
तस्बिर : नेपाल न्यूज बैंक ।

बाजुरा । बाजुरा जिल्लाको एकै डाँडामा देखिएको दुई फरक दृश्यले प्रकृतिको दोहोरो रूपलाई जीवन्त रूपमा उजागर गरेको छ । 

निरन्तर वर्षापछि आएको बाढीले एक झरनाको पानी कालो भेलमा परिणत भई माटो, ढुंगा र लेदो बगाएर आसपासका खेतबारी पुरेको छ, जसका कारण किसानले वर्षभरि गरेको मेहनत र अन्नबालीमा ठूलो क्षति पुगेको छ ।

सोही स्थानमा अर्को झरना भने सेताम्मे पानीसँगै आफ्नो प्राकृतिक सौन्दर्यमा अविरल बगिरहेको देखिन्छ । एउटै स्थानमा प्रकृतिको शान्त, मनमोहक सौन्दर्य र विनाशकारी शक्ति एकसाथ देखिनु जलवायुजन्य विपद्को यथार्थ चित्र हो, जसले स्थानीय जनजीवन र कृषि क्षेत्रमा परेको गम्भीर प्रभावलाई एकै फ्रेममा प्रस्तुत गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ