arrow

बैतडीमा १५ सय चालक ट्राफिकको कारबाहीमा, १३ लाख राजस्व सङ्कलन

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १० आइतबार
traffice-holi-checking.jpg

बैतडी। बैतडी ट्राफिक प्रहरीले गत आर्थिक वर्ष २०८२/८३ मा सवारी नियम उल्लङ्घन गर्ने एक हजार पाँच सय आठ जना सवारीचालकलाई कारबाही गर्दै १२ लाख ९८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता सूरज सिंहका अनुसार कारबाहीमा एक सय ७० ट्रक तथा ट्याङ्कर, १९ बस तथा मिनिबस, सात सय ५४ जीप, कार र भ्यान, ९१ ट्र्याक्टर, तीन सय ५१ मोटरसाइकल तथा एक सय २३ टेम्पो चालक परेका छन्।

प्रवक्ता सिंहका अनुसार गत आर्थिक वर्षमा बैतडीमा ६२ ओटा सवारी दुर्घटना भएका थिए। ती दुर्घटनामा ३४ जनाको मृत्यु भएको तथा एक सय ७६ जना घाइते भएको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ