arrow

सम्पती शुद्धीकरण तथा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखीकरण

ग्रे लिस्टलाई चेतावनी होइन, वित्तीय प्रणाली सुधार्ने अवसरका रूपमा लिनुपर्छ: सुजिता माथेमा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १० आइतबार
sujata-mathema.jpg

काठमाडौं । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको साझा सञ्जाल (एआइएन) ले आफ्ना सदस्य संस्थाहरूका लागि सम्पती शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। नेपाल सरकारले सम्पती शुद्धीकरण निवारण ऐन, २०६४ को पाँचौँ संशोधनमार्फत गैरनाफामूलक क्षेत्रलाई समेत कानुनी क्षेत्राधिकारभित्र समेटेपछि एआइएनले यो पहलकदमी लिएको हो।

कार्यक्रममा सरकारका प्रतिनिधि तथा प्राविधिक क्षेत्रका विज्ञहरूले सम्पती शुद्धीकरण, आतङ्ककारी कार्य तथा आमविनाशका हातहतियार निर्माणमा हुने वित्तीय लगानी निवारणसम्बन्धी नीतिगत व्यवस्था र कार्यान्वयनका चुनौतीबारे जानकारी गराएका थिए। नेपाल फाइनान्सियल एक्शन टास्क फोर्स (एफएटीएफ) को ‘ग्रे लिस्ट’ बाट ‘ग्रिन लिस्ट’ मा मुलुकलाई स्तरोन्नति गर्ने राष्ट्रिय अभियानमा सामाजिक क्षेत्रबाट सहयोग पुर्‍याउने उद्देश्यले आयोजित यस कार्यक्रममा वित्तीय सुशासन कायम गर्नु सबैको साझा जिम्मेवारी भएकोमा जोड दिइयो।

एआइएनकी कोषाध्यक्ष सुजिता माथेमाले वर्तमान समय वित्तीय पारदर्शिताका दृष्टिले अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्दै ग्रे लिस्टिङलाई चेतावनी मात्र नभई वित्तीय प्रणाली सुधार गर्ने अवसरका रूपमा लिनुपर्ने बताएकी छिन्। यसको प्रभाव विदेशी लगानी, अन्तर्राष्ट्रिय बैंकिङ कारोबार, रेमिट्यान्स र राष्ट्रिय प्रतिष्ठामा समेत पर्ने भएकाले एएमएल/सीएफटीसम्बन्धी कानुनलाई प्राविधिक विषय मात्र नभई आर्थिक स्थायित्वसँग जोडेर हेर्नुपर्ने उनको भनाइ थियो। एआइएनका सदस्य संस्थाहरूका कार्यकारी तथा विभागीय प्रमुखहरूको सहभागिता रहेको उक्त कार्यक्रमले सरोकारवालाहरूलाई नीतिगत स्पष्टता प्रदान गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ