arrow

गुटको होइन, इमानदार कार्यकर्ताको संरक्षण गर्ने पार्टी बनाउनुपर्छ : नवीना लामा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १० आइतबार
nabina-lama-uml-10-04.jpg

काठमाडौँ। नेकपा एमालेकी नेतृ तथा अनेरास्ववियुकी पूर्वअध्यक्ष नवीना लामाले पार्टी रुपान्तरणमा विद्यार्थी नेता एवं संगठनका पूर्वनेताहरूको भूमिका महत्वपूर्ण रहेको बताएकी छन् ।

पार्टी रुपान्तरणमा पूर्वअखिलको भूमिका विषयक कार्यक्रममा बोल्दै लामाले नेपाललाई विदेशी शक्तिहरूले गिद्धे नजरले हेर्ने गरेको दाबी गरिन् ।

उनले पूर्व र पश्चिमतर्फका शक्तिहरूले नेकपा एमालेले अघि सारेको कम्युनिष्ट आन्दोलनको नेतृत्वदायी भूमिकालाई मन नपराएको बताउँदै त्यसलाई चिर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरिन् ।

उनले भनिन्, ‘देशविदेशी शक्तिहरूले नेपाललाई गिद्धे नजरले हेरेको छ। पूर्व र पश्चिमतिरबाट एमालेलाई र कम्युनिष्ट पार्टीको अगुवा गर्ने एमाले हो भन्ने कुरालाई मन परिरहेको छैन। त्यसकारण यो कुरालाई चिर्नुपर्ने छ। हाम्रो पार्टीले गरेको विकास र समृद्धिको कुरा र पार्टीका अध्यक्षले लिएका राष्ट्रियताका एजेण्डाहरू कमजोर थिएनन्। तर कमजोर नहुँदा पनि आफ्नो कार्यदिशामा असफल भएको कुरा, नेतृत्वमा कमी भएको कुरा निकालिँदै आएका छन्। समय अनुसार जबज र समय अनुसारको मार्क्सवाद, समय अनुसारको नेतृत्व युवाले गर्छ । अनेरास्ववियुको पूर्व अध्यक्षहरूबाटै हुन्छ।’ 

उनले एमालेले अघि सारेका विकास, समृद्धि र राष्ट्रियताका एजेण्डाहरू कमजोर नरहेको दाबी गर्दै पार्टीको कार्यदिशा कार्यान्वयन र नेतृत्वमा देखिएका कमजोरीबारे आत्मसमीक्षा गर्नुपर्ने बताइन् ।

लामाले समयअनुसार जनताको बहुदलीय जनवाद (जबज), मार्क्सवाद र नेतृत्व शैलीलाई परिमार्जन गर्दै अघि बढ्नुपर्ने धारणा राखिन्।

उनले अबको नेतृत्व युवाबाट, विशेषगरी अनेरास्ववियुका पूर्व अध्यक्षहरूमध्येबाट समेत आउन सक्ने बताइन्।

उनले पछिल्लो समय धेरै युवा विदेशिन बाध्य भएको र पार्टीमा काम गर्ने इच्छा हुँदाहुँदै पनि निराश भएर टाढिनुपर्ने अवस्था आएको बताइन्।

पार्टीभित्र पहुँच र गुटको आधारमा अवसर पाउने प्रवृत्ति बढेको भन्दै उनले त्यसलाई सुधार गर्नुपर्ने धारणा राखिन्।

उनले नेकपा एमाले लोकतन्त्रको हितमा अघि बढ्ने पार्टीका रूपमा स्थापित हुनुपर्नेमा जोड दिइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ