अर्जुननरसिंह संयोजकत्वमा रहेको समितिमा दुई सदस्य मनोनयन
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ११ सोमबार
565
Shares
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको ‘अन्य राजनीतिक दल संवाद समिति’ मा दुई जना केन्द्रीय सदस्यलाई मनोनयन गरेका छन्।
आइतबार जारी गरिएको प्रेस विज्ञप्ति अनुसार, पार्टीका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको संयोजकत्वमा रहेको उक्त समितिमा केन्द्रीय सदस्यद्वय उज्ज्वलप्रसाद बराल र प्रदीपराज शर्मालाई सदस्यका रूपमा मनोनयन गरिएको हो।