arrow

आजको तरकारी तथा फलफूलको थोक मूल्य सूची

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १२ मंगलबार
vegetables-tarkari-2082.jpg

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंगलबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिको मूल्यसूची अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४० रुपैयाँ, गोलभेँडा सानो (लोकल) १५ रुपैयाँ र गोलभेँडा सानो (टनेल) २४ रुपैयाँ रहेको छ। त्यस्तै, आलु रातो (लाम्चो) प्रतिकिलो ४८ रुपैयाँ, आलु रातो (भारतीय) ३३ रुपैयाँ र सुकेको प्याज (भारतीय) प्रतिकिलो ३३ रुपैयाँ कायम गरिएको छ।

अन्य तरकारीतर्फ गाँजर (लोकल) प्रतिकिलो ९० रुपैयाँ, बन्दा (लोकल) २० रुपैयाँ, काउली स्थानीय ९० रुपैयाँ, मूला रातो ३० रुपैयाँ, भन्टा लाम्चो ५० रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ६० रुपैयाँ रहेको छ। घिउ सिमी (लोकल र हाइब्रिड) प्रतिकिलो ११० रुपैयाँ, घिउ सिमी (राजमा) १२० रुपैयाँ, तीते करेला ५० रुपैयाँ, लौका ६० रुपैयाँ, परवर (लोकल) ६० रुपैयाँ र घिरौला प्रतिकिलो ५० रुपैयाँ निर्धारण गरिएको छ। यसैगरी, फर्सी पाकेको प्रतिकिलो ५० रुपैयाँ, हरियो फर्सी (डल्लो) ८० रुपैयाँ, हरियो फर्सी (लाम्चो) ६० रुपैयाँ, भिण्डी ६० रुपैयाँ, सखरखण्ड १०० रुपैयाँ, पिंडालु ९० रुपैयाँ र स्कुस प्रतिकिलो ६० रुपैयाँ कायम गरिएको छ।

सागपात तथा च्याउको मूल्यमा रायो साग प्रतिकिलो १५० रुपैयाँ, पालुङ्गो साग २५० रुपैयाँ, चमसुरको साग १०० रुपैयाँ, तोरीको साग १५० रुपैयाँ, कन्य च्याउ २३० रुपैयाँ, डल्ले च्याउ ४५० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ, सिताके च्याउ ८०० रुपैयाँ, कुरिलो ४०० रुपैयाँ र न्युरो प्रतिकिलो ९० रुपैयाँ निर्धारण गरिएको छ।

फलफूलतर्फ स्याउ (फूजी) प्रतिकिलो २८० रुपैयाँ, नेपाली केरा प्रतिकिलो २०० रुपैयाँ, मालभोग केरा प्रति दर्जन १८० रुपैयाँ, कागती प्रतिकिलो १६० रुपैयाँ, अनार ४५० रुपैयाँ, आँप (मालदह तथा दसहरी) १८० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १८० रुपैयाँ, काँक्रो (लोकल) ५० रुपैयाँ, काँक्रो (हाइब्रिड) २० रुपैयाँ, रुखकटहर ४० रुपैयाँ, मेवा (नेपाली) ८० रुपैयाँ र मेवा (भारतीय) प्रतिकिलो १०० रुपैयाँ कायम गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ