काठमाडौं । बुधबार मार्च १५ तारिख । विश्व उपभोक्ता अधिकार दिवस । यो दिवस विविध कार्यक्रम गरी नेपालमा पनि मनाइदै छ । उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले चेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाउने गर्दछन् ।
सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएको सम्झनामा विश्वभर यो दिवस मनाइन्छ ।
चार अधिकारका आधारमा संयुक्त राष्ट्रसंघको साधारण सभाबाट सन् १९८५ मा थप चार आठ अधिकारसहितको अनुवन्ध पारित भएको थियो ।
उपभोक्ताका आठ अधिकारमा सुरक्षा, सूचित, छनोट, सुनुवाइ, उपभोक्ता शिक्षा, क्षतिपूर्ति, आधारभूत आवश्यकतामा पहुँच र स्वच्छ तथा स्वस्थ्य वातावरणको अधिकार छन् ।
नेपालमा भने यी अधिकार दिने बारेमा न त संवन्धित निकाय गम्भीर बन्छ न त नागरिक नै आफ्नो अधिकारका लािग तात्न सकेका छन् ।