arrow

ट्रम्पको यात्रा प्रतिवन्धको आदेश कार्यान्वयन हुने समयमै रोक्न अदालतको आदेश

logo
प्रकाशित २०७३ चैत ३ बिहिबार
Trumps.jpeg
हवाइ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम बाहुल्यता भएका ६ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने गरी जारी गरेको नयाँ आदेशलाई अमेरिकाकै एक अदालतले रोक लगाएको छ ।
 
हवाइ राज्यको एक संघीय अदालतले राष्ट्रपति ट्रम्पको नयाँ यात्रा प्रतिबन्ध सम्बन्धी कार्यकारी आदेश तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।
 
ट्रम्पको आदेशविरुद्ध अमेरिकाका विभिन्न अदालतमा मुद्दा दर्ता भएको थियो। 
 
राष्ट्रपति ट्रम्पले ईरान, सिरिया, लिबिया, सुडान, यमन र सोमालियाका नागरिकलाई ९० दिनसम्म नयाँ भिसा नदिने सम्बन्ध आदेश जारी गरेका थिए । 
 
ट्रम्पको यो आदेश बिहीबार मध्यरातदेखि लागु हुँदै थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ