arrow

उत्तर कोरिया शक्तिशाली राष्ट्रसंग जुध्दै, उच्च क्षमताको रकेट इन्जिन परीक्षण

अमेरिकालाई अझै विश्वास लागेन

logo
प्रकाशित २०७३ चैत ६ आइतबार
north-korea-teat.jpeg
प्योङयाङ । उत्तर कोरियाले उच्च क्षमताको रकेट इन्जिन परीक्षण गरेको छ । उत्तर कोरियाको सेनाले उच्च क्षमता तथा प्रदर्शन भएको रकेट इन्जिन परीक्षण गरेको उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले जनाएको छ ।
 
उत्तर कोरियाली नेता किम जोङ उनले यो परीक्षणसंगै उत्तर कोरियाको रकेट उद्योगमा ‘नयाँ जन्म’ भएको घोषणा गरेका छन् । उनले नयाँ रकेटले विश्वस्तरको स्याटेलाइट प्रक्षेपणमा सहयोग गर्ने दाबीसमेत गरेका छन् । 
 
उत्तर कोरियाको यो प्रगतिको सबैभन्दा ठूलो झड्का अमेरिकालाई नै लाग्नेछ । अमेरिकी विदेश मन्त्री रेक्स टिलर्सनले भने यो सूचना अझै विश्वासमय हुन नसकेको प्रतिक्रिया दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ