arrow

उत्तर प्रदेशका मुख्यमन्त्री योगीले लिए सपथ, मन्त्रीमण्डलमा १ जना मात्रै मुस्लिम

logo
प्रकाशित २०७३ चैत ६ आइतबार
yogi-news.jpeg

लखनउ । उत्तर प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री योगी आदित्यनाथले पद तथा गोपनीयताको सपथ लिएका छन् । सपथ ग्रहणसँगै मुख्यमन्त्री योगीले मन्त्रिपरिषद् समेत गठन गरेका छन् ।

राज्यपाल राम नाईकले मुख्यमन्त्री र उनको क्याविनेटका राज्यमन्त्रीलाई सपथ दिलाए । लखनउका पूर्व मेयर दिनेश शर्मा र भारतीय जनता पार्टीका प्रदेश अध्यक्ष केशव प्रसाद मौर्यले उपमुख्यमन्त्री पदको सपथ लिए । ४४ वर्षीया योगी पाँच पटक सांसद भएका छन् । योगी सांसद भएसँगै उत्तर प्रदेशमा कट्टर हिन्दुवादीको राज सुरु भएको र त्यसको प्रभाव देशभर र देश बाहिर परेको बताइँदै छ ।

सपथ समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह र कयौ केन्द्रीय मन्त्रीहरु सहभागि भए । प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादव समेत सपथ ग्रहण समारोहमा सहभागि भएका स्थानीय संचारमाध्यमले जनाएका छन् ।
मुख्यमन्त्री, उपमुख्यमन्त्रीसहित १७ जना रहेको क्याविनेटमा ६ अनुसूचित जाति, ७ ठाकुर, ८ ब्राह्मण, ८ कायस्थ–वैश्य, २ जाट र १ मुस्लिम सदस्य छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ