राजतन्त्र र हिन्दू राष्ट्रबारे मोहनविक्रमले के भने ?
प्रकाशित २०७३ चैत ७ सोमबार
1.3k
Shares
काठमाडौँ । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले राजतन्त्र र हिन्दू राष्ट्रका सोचाइले देशलाई प्रतिगमनको दिशामा लैजाने बताएका छन् । सोमबार प्रेस विज्ञप्ति प्रकाशित गरी उनले राप्रपाको विधानमा उल्लेखित राजतन्त्रको पुनःस्थापना र धर्म निरपेक्षता संविधान विपरीत भएकाले नीतिगत रूपमा हामीले उक्त अवधारणालाई गलत मान्दछौँ र त्यसको कडा शब्दमा विरोध गर्दछौं भनेका छन् ।
यद्यपि, नेता सिंहले निर्वाचन आयोगको निर्णयलाई भने गतल भनेका छन् । कुनै पनि राजनीतिक पार्टीले बेग्लै मत राख्न पाउने वा सङ्घर्ष गर्न पाउने अधिकार संविधानमा सुरक्षित भएकाले राप्रपाले आफ्नो विधान वा घोषणापत्रमा केही राख्दछ भने त्यसलाई गलत भन्न मिल्दैन, –उनले विज्ञप्तिमा भनेका छन् ।
राप्रपाको विधानमा राखेका विषयलाई हटाउनका लागि निर्वाचन आयोगले दिएको निर्देशन गलत भएको ठहर्छ ।’ निर्वाचन आयोगको निर्णयलाई लिएर आइतबार राष्ट्रिय जनमोर्चाले समेत विज्ञप्ति निकालेर विरोध जनाएको थियो ।