काठमाडौ । नवनिर्वा्चित प्रधानमन्त्री केपी ओलीलाई पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले टेलिफोन गरी बधाई दिएका छन् ।
नयाँ संविधान जारी भएपछि एमाओवादी र संसद् परित्याग गरेका भट्टराईले एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा निर्वाचित भएकामा आइतबार राति निवासमै फोन गरी बधाईसहित कार्यकाल सफलताको कामना दिएको ओलीका स्वकीय सचिव रमेश आचार्यले बताए ।
ओलीलाई बधाई दिन सरकारी निवास बालकोटमा घुइँचो लागेकै बेला बाबुरामले टेलिफोन गरेका थिए । सामान्य नागरिक बन्न रुचाउँदै पार्टी त्यागेका भट्टराई ओली प्रधानमन्त्री भएकामा निकै खुसि भएका छन् ।
पार्टी छोड्दा ओलीलाई प्रधानमन्त्री हुन नदिने षड्यन्त्र गरेको आरोप खेपेका भट्टराईले आफु अनुदार नरहेको बताएका छन् ।