arrow

अन्य पार्टीलार्इ भन्दा २ नं प्रदेशमा मधेशी मोर्चालाई लाग्यो चुनावी चटारो

मोर्चाका स्थानीय नेताहरु घरदैलोमा, अधिकांश दल दर्ता

logo
प्रकाशित २०७३ चैत ८ मंगलबार
prasesh-2.jpeg
काठमाडौं । स्थानीय तहको आसन्न निर्वाचनले मुलुकको माहोल नै परिवर्तन गराएको छ । कोही निर्वाचन नहुने पो हो कि भनेर चिन्तित छन् त पछिल्लो समयसम्म सबै दलहरुको सहमति भएर निर्वाचनहुनेमा धेरै ढुक्क पनि छन् । धेरैको चासो अहिले तराई भेगमा पर्ने दुई नम्बर प्रदेश र मधेशी मोर्चाको निर्वाचन बहिस्कार गर्ने अभिव्यक्तिका कारण सशंकित बनिरहेका छन् । 
 
सरकारले २ नं प्रदेशलाई थाँती राखेर निर्वाचन गराउन पनि तत्काल सम्भव देखिँदैन । २ नं प्रदेशमा बल प्रयोग गरेर निर्वाचन गराउँदा पनि अझै स्थिती तनावग्रस्त बन्ने स्थितीमा के निर्वाचनको मिति सारिन्छ त ? भन्ने यावत शंका उपशंका पनि देखिन्छ । तर, बाहिर देखिएजस्तो दुई नम्बरको चुनौती र मधेशी मोर्चाको निर्वाचन बहिस्कार भन्ने विषय आवरणमा देखाउनको लागि मात्रै हो भनेर यावत टीकाटिप्पणीहरु पनि चल्न थालेको छ । 
 
अहिले निर्वाचनमा सहभागी नहुने भनेर घोषणा गरेको मधेशी मोर्चामा कूल ७ दल आवद्ध रहेका छन् । तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी, संघीय समाजवादी फोरम, तराई मधेश समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी र फोरम गणतान्त्रिक मधेशी मोर्चामा आबद्ध रहेका छन् । यी दलहरु स्थानीय निर्वाचनको लागि भनेर २ नं प्रदेशका सबै जिल्लाहरुमा अधिकांश दर्ता भईसकेका छन् । यस्तो अवस्थामा मधेशी मोर्चाहरु आफ्ना केही मागहरु पूरा गरेर भएपनि स्थानीय निर्वाचनमा तोकिएकै मितिमा सहभागी हुनुपर्छ भन्ने पक्षमा रहेको छ भन्ने बुझ्न सकिन्छ ।
 
सम्बन्धित जिल्लाका स्थानीय पत्रकारहरुले दिएको जानकारी अनुसार अहिले मधेशी मोर्चाका नेताहरुमा अन्य दलका नेताहरुलाई भन्दा चुनावी माहोल तातेको छ । विशेषगरी, सप्तरी, सिराहा, धनुषा, पर्सा लगायतका जिल्लाहरुमा मधेशी मोर्चाका नेताहरु नै बढी सक्रियताका साथ अनौपचारिक प्रचारमा लागेका छन् । उनीहरुले अहिले प्रत्यक्ष रुपमा चुनावी प्रचारप्रसार त गरेका छैनन् । तर, सरकारले स्थानीय तहको निर्वाचनको मिति तय गरेपछि मोर्चाका नेताहरुको अनौपचारिक घर आँगन अभियान सञ्चालन गरिरहेका छन् । 
 
मेची महाकाली अभियानको क्रममा झ८प भएपछि अहिले एमाले सप्तरीमा प्रचारमा लाग्न सकेको छैन भने नेपाली काँग्रेसले सामान्य कार्यक्रमहरु स्थानीय तहमा गरिररहेको छ । तर, मोर्चा समर्थित दलहरु भने सक्रियताका साथ घरदैलोमा छन् । 
 
मधेशी मोर्चासँग आवद्ध दलका एक सिराहा जिल्लास्तरीय नेताले आफूहरु पनि अनौपचारिक रुपमा चुनावी अभियानमा लागेको घुमाउरो शैलीमा स्वीकार गरे । उनले मोर्चाको निर्णय नभई औपचारिक रुपमा प्रचारप्रसारमा लाग्न नसकेको भन्दै पछि सहमति भएर निर्वाचनमा जाने सहमति भयो भने चाहिँ के हामी हेरेको हेरै हुने ? भन्दै उल्टै प्रतिप्रश्न गरे । उनले निर्वाचन भाँड्न परेपनि सहज हुने भएकोले जनतासँगको भेट भने बाक्लो बनाएको स्पष्ट पारे । 
 
उता, सप्तरी जिल्लामा मधेशी मोर्चामा आवद्ध दलहरु मध्ये तमलोपा र फोरम गणतान्त्रिकले दल दर्ता गराएका छैनन् । यस बाहेक पाँचवटै मोर्चा आवद्ध दलहरुले दल दर्ता गराएका छन् । त्यस्तै, कूल २२ वटा दल दर्ता भएको सिराहामा मधेशी मोर्चा आवद्ध दलहरु सबैले निर्वाचनको लागि दर्ता गरिसकेका छन् । त्यस्तै, धनुषा र पर्सामा पनि मोर्चा आवद्ध सबै दलहरुले दल दर्ता गराएको सम्बन्धित निर्वाचन आयोगले जनाएको छ । 
 
उता, निर्वाचनको विषयमा कुराकानी गर्नको लागि बोलाईएको सर्वदलीय बैठकमा पनि मधेशी मोर्चा आवद्ध दलहरु सहभागी हुँदै आएका छन् । उनीहरुले मतदान केन्द्र सिफारि समितिको बैठकमा पनि नियमित सहभागी भएर आफ्ना गुनासाहरु राख्ने गरेको निर्वाचन कार्यालयहरुले जनाएका छन् । 
 
यसरी सरकारलाई निर्वाचन गराउनको लागि चुनौतीको रुपमा रहेको दुई नं प्रदेश र त्यसमा पनि विरोधीको रुपमा रहेको मधेशी मोर्चा आफैं निर्वाचन प्रचारप्रसारमा सक्रिय भएको विषयले भने सरकारले तोकेकै मितिमा निर्वाचन सम्पन्न हुने सम्भावना बढ्न थालेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ