arrow

अमेरिकी सर्वोच्च अदालतका प्रस्तावित न्यायाधिशले भने, ‘कानुनभन्दा माथि कोही छैन’

logo
प्रकाशित २०७३ चैत ९ बुधबार
Neil-gorsuch.jpeg
ह्वाइट हाउस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्तावित गरेका नेल गोरसचले कानुनभन्दा माथि कोही नभएको बताएका छन् ।
 
सिनेटको सुनुवाइका क्रममा उनले राष्ट्रपति ट्रम्प पनि कानुनभन्दा माथि नरहेको स्पष्ट पारे । उनले भने, ‘मलाई जसले न्यायाधीशका लागि मनोनित गरे उनी पनि कानुनभन्दा माथि छैनन् ।’
 
सुनुवाईका क्रममा गोरसचले कसरी काम गर्ने भनेर कसैले वाचासमेत नगराएको उल्लेख गरे । 
 
गोरसचले ट्रम्पबाट आउने कुनै पनि दबाब नखेप्ने संकेत गरेका छन् ।
 
उनले गर्भपतनको कानुन बदल्न दबाब आए उनले पद छोडिदिनेसमेत बताएका छन् । 
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ