arrow

लण्डन आतंकवादीको निशानामा, पाँच जनाको मृत्यु ४० बढी घाइते

logo
प्रकाशित २०७३ चैत १० बिहिबार
attack.jpeg
लण्डन । बेलायतको संसद भवन बाहिर भएको आतंकवादी आक्रमणमा एक प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको छ । घटनामा ४० बढी घाइते भएका छन् । मारिनेमा एक प्रहरी अधिकारी, तीन सर्वसाधारण र एक आक्रमणकारी रहेको स्कटल्याण्ड यार्ड प्रहरीले जनाएको छ । 
 
प्रहरीका अनुसार मध्य लण्डनमा वेष्ट मिनिस्टर ब्रिजमा चलिरहेको एक कारले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए ।
 
त्यसपछि कार सवार उक्त व्यक्ति संसद नजिक पुगेर कारबाट ओर्लिएर प्रहरी अधिकारी केथ पाल्मरलाई चक्कुले प्रहार गरी मारिदियो ।
 
आक्रमणकारीको आक्रमणबाट जम्मा चार जनाको मृत्यु भएको र कम्तीमा ४० जना घाइते भएको बीबीसीले जनाएको छ ।
 
उक्त आक्रमणकारीलाई पनि प्रहरीले जवाफी कार्वाहीमा मारेको छ । आक्रमणकारी एक जनामात्र रहेको प्रहरीले जनाएको छ ।
 
प्रहरीले आक्रमणकारी अन्तर्राष्ट्रिय अपराधीहरुबाट प्रेरित रहेकोसमेत निष्कर्ष निकालेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ