arrow

युरोप छिर्न खोजेका साढे दुई सय आप्रवासी सवार डुंगा डुब्यो

logo
प्रकाशित २०७३ चैत ११ शुक्रबार
migrants-coast-of-libya.jpeg
लिबिया । भूमध्यसागर हुँदै युरोप छिर्ने क्रममा करीव दुई सय ५० जना आप्रवासी सवार डुंगा डुबेको छ । स्पेनी सहायता दलका अनुसार लिबियाको तटीय क्षेत्रमा आप्रवासीहरु चढेको डुंगा डुबेको हो ।
 
सहायता दलले उद्धारलाई तीव्रता दिएको छ । जिवितको संख्या कमै हुन सक्ने अनुमान सो दलले गरेको छ । डुंगामा क्षमताभन्दा बढी आप्रवासी रहेकाले डुबेको प्रारम्भिक अनुमान गरिएको छ । 
 
अन्तर्राष्ट्रिय आप्रवासी संगठन आइओएमका अनुसार आप्रवासीहरु तीव्र दरमा लिबिया हुँदै इटाली छिर्ने गरेका छन् ।
 
यो वर्षको तीन महिनाको अवधिमा मात्र २० हजारको संख्यामा आप्रवासीहरु इटाली छिरिसकेका छन् । सो क्रममा डुंगा डुबेर ज्यान गुमाउनेको संख्या ५५९ पुगिसकेको छ ।
 
सन् २०१६ मा तीन महिनाको अवधिमा ३५० जना मारिएका थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ