arrow

ताइवानमा बर्डफ्ल्यु

logo
प्रकाशित २०७३ चैत १३ आइतबार
bird-flue.jpeg
ताइपेई । ताइवानको सरकारले दुईवटा पोल्ट्री फार्ममा फेरी बर्डफ्ल्यु सङ्क्रमित कुखुरा भेटिएको जनाएको छ । बर्डफ्ल्युको सङ्क्रमण अन्यत्र फैलिन नदिन दुवै फार्मका झन्डै १४ हजार कुखुरा एकै ठाउँमा राखिएको स्थानीय अधिकारीले जानकारी दिएका छन् । 
 
ताइवानकै ताइनान सहरमा पनि शनिबार एउटा कुखुरा फार्ममा एच फाइभ भाइरस सङ्क्रमित कुखुरा भेटिएपछि झन्डै आठ हजार कुखुरा मारिएको थियो । ताइवान फिरन्ते चराहरू बढी आवतजावत देशका रूपमा चिनिन्छ । त्यसैले यहाँ यस वर्ष मात्रै १५ प्रकारका फ्ल्युको सङ्क्रमण भएको बताइएको छ । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ