arrow

दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्क भ्रष्टाचार आरोपमा पक्राउ

logo
प्रकाशित २०७३ चैत १८ शुक्रबार
सोल । महाअभियोगपछि पदबाट हट्न वाध्य भएकी दक्षिण कोरियाली पूर्व राष्ट्रपति पार्क गुयन हेई भ्रष्टाचार आरोपमा पक्राउ परेकी छिन् ।
 
अदालतले पक्राउ गर्न आदेश दिएपछि पार्कलाई प्रहरीले नियन्त्रणमा लिई सोलको दक्षिणी भागमा रहेको एउटा कारागारमा राखिएको जनाइएको छ ।
 
पदमा रहँदा उनले विभिन्न कम्पनीबाट मोटो रकम भ्रष्टाचार गरी आफ्ना सहयोगी चाई सून सीललाई सहयोग गरेको अभियोग लगाइएको छ । यद्यपी आफूलाई लगाइएको आरोपको पार्क र चाई दुबैले अस्वीकार गर्दै आएका छन् ।
 
६५ वर्षीया पार्क आपराधिक क्रियाकलाप आरोपमा पक्राउ पर्ने तेस्रो दक्षिण कोरियाली पूर्व राष्ट्रपति हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ