कोलम्बियामा भीषण पहिरोमा परी कम्तीमा २०६ जनाको मृत्यु, २२० बेपत्ता
२०० बढी घाइते
प्रकाशित मिति : २०७३ चैत २० आइतबार

पुतुमायो । दक्षिण पश्चिमी कोलम्बियामा भीषण पहिरोमा परी कम्तीमा २ सय ६ जनाको मृत्यु भएको छ । रातभर निरन्तर परेको वर्षापछि पुतुमायो प्रान्तका नदीका किनार क्षेत्र भत्किएसंगै बाक्लो माटोसहितको पहिरोले घरहरु बगाउँदा त्यतिठूलो संख्यामा ज्यान गएको हो ।
उद्धारमा खटिएको रेडक्रस सोसाइटीले पहिरोमा परी २२० बढी बेपत्ता भएको जनाएको छ । २ सय २ जना घाइते अवस्थामा उद्धार भएको छ ।
कोलम्बियाली राष्ट्रपति हुँवा म्यानुएल सान्तोसले घटनास्थलको निरीक्षण गर्दै राष्ट्रिय आपतकालीन स्थिति नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन गरिएको जनाएका छन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार १,१०० भन्दा बढी सैनिक र प्रहरीको संयुक्त टोली घटनामा खटिएको छ ।
स्थानिय गभर्नर सोरल एरोकाले पूरै बस्ती नै सखाप भएको बताएकी छिन् । खराव मौसमका कारण उद्धारमा कठिनाइ भइरहेको बताइएको छ ।
प्रीति बाट युनिकोड युनिकोड बाट प्रीति
/a href="https://play.google.com/store/apps/details?id=com.nepalElectionResult" target="_blank">
/img src="https://hamrakura.com/uploads/advertisement/election_result_app.gif" class="shareable-class img-responsive" alt="election_result_app" title="election_result_app">