ट्रम्प उत्तर कोरियाको समस्या समाधानतिर लागे, भन्छन् –परमाणु चुनौती अमेरिकाले सुल्झाउँछ
प्रकाशित मिति : २०७३ चैत २१ सोमबार , २,४७८ पटक हेरिएको
काठमाडौं । आफ्नो देशमा थुप्रै समस्या बल्झाएर चर्चामा आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको समस्या समाधान गर्नतिर लागेका छन् ।
उनले उत्तर कोरियाले दिएको परमाणुको चुनौती अमेरिकाले नै समाधान गर्ने दावी गरेका छन् । ट्रम्पले परमाणु चेतावनीलाई चीनको सहायता लिएर वा नलिएरै पनि समाधान गर्ने बताएका हुन् ।
बेलायतको पत्रिका ‘फाइनान्सियल टाइम्सलाई अन्तर्वार्ता दिने क्रममा ट्रम्पले ‘यदि चीन समाधान गर्दैन भने अमेरिकाले गर्छ’ भने ।
एक्लै समाधान गर्न सकिन्छ त ? भन्ने प्रश्नमा ट्रम्पले ‘पूर्णत’ भनेका छन् ।
चिनियाँ राष्ट्रपति सी जिनपिङसंगको भेट भन्दा अगाडि नै ट्रम्पको यस्तो प्रतिक्रियाले पक्कै पनि दुई समकक्षीबीचको भेटले खास अर्थ राख्ने देखिएको छ ।
सम्बन्धित समाचार
प्रीति बाट युनिकोड युनिकोड बाट प्रीति
/a href="https://play.google.com/store/apps/details?id=com.nepalElectionResult" target="_blank">
/img src="https://hamrakura.com/uploads/advertisement/election_result_app.gif" class="shareable-class img-responsive" alt="election_result_app" title="election_result_app">