arrow

अमेरिकी आक्रमणको सिरियाली विद्रोहीद्धारा स्वागत

सरकारी टेलिभिजन भन्छ, अमेरिकी उदण्डताको हद

logo
प्रकाशित २०७३ चैत २६ शनिबार
usa-attack-syria.jpg

बेरुत। सिरिया माथी अमेरिकाले शुक्रबार गरेको आक्रमणको सिरियाको विद्रोहीले स्वागत गरेका छन्।

अहिले भएको यो आक्रमण नै पर्याप्त नभएको भन्दै उनीहरुले अझ धेरै आक्रमण गर्न अमेरिकालाई आह्वान पनि गरेका छन्।

सिरियाको मध्य भागमा भएको आक्रमण ६ बर्ष लामो द्धन्द्धको अवधिमा भएको पहिलो अमेरिकी आक्रमण हो।

“यो एउटा हवाई आक्रमण मात्रै पर्याप्त छैन, जनतालाई लक्षित गरेर यहाँ २६ ओटा हवाई आक्रमण भएको छ,” आर्मी अफ इस्लाम फ्याक्सनका प्रमुख मध्ये एक मोहम्मद अलौसले ट्विटरमा लेखकाछन्।

राष्ट्रपति असर अल असदको शासनबाट सिरियाली जनतालाई मुक्त गर्न संपूर्ण विश्व लाग्नु पर्ने उनको भनाई छ।

अन्य विद्रोही समुहले पनि अमेरिकी आक्रमणको स्वागत गर्दै सिरियाली शासकविरुद्ध निरन्तर यस्तै हमला गर्न आह्वान गरेका छन्। सिरियाली शासकविरुद्ध क्रुद्ध हुने क्रममा अमेरिकाले ५९ टोमाहक क्रुज मिसाइलले शुक्रबार आक्रमण गरेको छ।

सिरियाली शासक बशर अल असद नेतृत्वको सरकारले रासायनिक हतियार प्रयोग गरी सर्वसाधारणविरुद्ध ज्यादति गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा मिसाईल आक्रमण भएको हो। राष्ट्रपति ट्रम्पले न्यायका लागि आक्रमण गरिएको बताएका छन्।

अमेरिकाले गत मंगलबार सिरियामा गरिएको रासायनिक आक्रमण गम्भीर भएको र यसको जवाफ त्यही अनुसार नै दिनुपर्ने प्रष्ट पारेको थियो। सिरियाले भने अमेरिकी आक्रमणको भत्सर्ना गरेको छ।

आक्रमणमा परी अहिले सम्म ६ जना सिरियाली सैनिक मारिएको सिरियाको सरकारी सेनाले दावी गरेको छ। सिरियाको सरकारी टेलिभिजनले अमेरिकाको आक्रमणलाई “अमेरिकी उदण्डता” को संज्ञा दिएको छ। रासस-एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ