arrow

शिक्षक संघ कञ्चनपुरको नयाँ समिति चयन

logo
प्रकाशित २०७३ चैत २७ आइतबार
teachers_association_kanchanpur.jpg

कञ्चनपुर ।  नेपाल शिक्षक संघ कञ्चनपुरको आठौँ आधिवेशनबाट नयाँ कार्य समिति चयन भएको छ । शुक्रबार सम्पन्न मत पणिम अनुसार नेपाल शिक्षक संघ कञ्चनपुरको अध्यक्षमा गणेश बहादुर चन्द निर्वाचित भएका छन् । चन्दले आफ्ना प्रत्यासी नाफुसिह साउदलाई २६ मतले हराउदै अध्यक्षमा निर्वाचित भएका हुन् । चन्दले ५ सय ५९ र साउदले ५ सय ३३ मत ल्याएका थिए ।

 

उपाध्यक्षमा बिरेन्द्र सिह भण्डारी निर्वाचित भएका छन् । भण्डारीले आफ्ना प्रत्यासी मदन बहादुर चन्दलाई १ सय ८० मतले हराउदै उपाध्यक्षमा निर्वाचित भएका हुन् । भने महिला उपाध्यक्ष तर्फ राधिका कोइराला निर्वाचित भएकी छिन् ।

 

उनले आफ्ना प्रत्यासी श्रीमाया तामाङ्गलाई भारी ४ सय २२ मतले हराउदै महिला उपाध्यक्षमा निर्वाचित भएकी हुन् । सचिवमा नविन सिह धामी निर्वाचित भएका छन् । धामीले आफ्ना प्रत्यासी राजेन्द्र ऐरलाई २ सय ३२ मतले हराउदै सचिवमा निर्वाचित भएका हुन् । यस्तै अर्थ सचिवमा गणेश महर निर्वाचित भएका छन् । उनले आफ्ना निकटम प्रतिद्वन्दी नारायण अर्याललाई १ सय २९ मतले हराउदै निर्वाचित भएका हुन् ।

 

नारायण अर्यालले ३ सय ९० मत ल्याएमा थिए, भने अर्का प्रत्यासी मदन चन्दले १ सय २१ मत ल्याएका थिए । महिला सह सचिवमा टेकराज अवस्थी निर्वाचित भएका छन् । उनले आफ्ना प्रत्यासी पदम खडकालाई २ सय २१ मतले हराउदै सह–सचिवमा निर्वाचित भएका हुन् ।

 

अर्थ सचिव महिला तर्फ हर्का बोहरा र महिला सहसचिव तर्फ ईन्दा साउद निर्बिरोध निर्वाचित भएका थिए । यस्तै समावेसी सह–सचिवमा दर्शन राना र धनमाया गुरुङ्ग निर्वाचित भएका छन् । रानाले ६सय १२ र गुरुङ्गले ६०८मत ल्याएका थिए । महिला सदस्य तर्फ गिता रावल विष्ट ६ सय २७, ज्योती बोहरा ५सय ७७ र पदमा साउदले ६ सय ७४ मत ल्याएर सदस्यमा निर्वाचित भएका छन् ।

खुल्ला सदस्य तर्फ ज्ञानु प्रशाद बोहरा ६ सय ६२, पदम शाह २सय २८ , शुशिला चटौत ४ सय ६५, चक्र्र महरा ४ सय ३६, धर्म पण्डित ३सय ८२ मत ल्याई सदस्यमा निर्वाचित भएका छन् । प्रदेश प्रतिनिधी तर्फ कृष्ण दत्त पन्त, डम्बर विष्ट, प्रताव सिह साउद, विष्णू प्रकास अर्याल, शेर सिह महरा, हिरा कुमार भण्डारी, माधवी अधिकारी, ज्ञानु ऐर, केन्द्रीय तर्फ गणेश सिह, तर्कराज जोशी, बिर्ख मल्ल, विष्णू जोशी, ललित साउद निर्वाचित भएका छन् । निर्वाचित समितिलाई शुक्रबारै पदभार ग्रहण तथा प्रमाण पत्र वितरण गरिएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ