arrow

निर्वाचन आयोग मतदाताको अन्तिम नामावली प्रकाशनको तयारीमा

logo
प्रकाशित २०७४ वैशाख १ शुक्रबार
election_local4.jpeg

काठमाडौं । निर्वाचन आयोगले मतदाताको अन्तिम नामावली प्रकाशनको तयारी, मतपत्र छपाइ र ढुवानीको कामलाई तीव्रता दिएको छ । निर्वाचन तालिकाअनुरुप वैशाख १० गतेसम्म मतदानका लागि आवश्यक सामग्रीहरु जिल्लासम्म लगिसक्ने आयोगको कार्यतालिका छ ।

निर्वाचनका लागि आवश्यक मतपेटिका चीनबाट नेपाल ल्याउने काम भइरहेको आयोगले जनाएको छ । मतपेटिका अभाव हुने स्थिति आए छोटो प्रक्रियाबाट फेरि खरिद गर्न सकिने पनि आयोगले जनाएको छ ।

वैशाख ३१ गतेको निर्वाचनलाई लक्षित गरी मतदाता शिक्षा कार्यक्रम पनि तीव्र बनाइएको आयोगका सचिव गोपीनाथ मैनालीले बताए । मतदाता शिक्षा प्रदान गर्न जिल्लाहरुमा स्वयंसेवक खटाइएको मैनालीको भनाइ छ ।
यसैबीच, आयोगले अबको केही दिनभित्रमा मतदाताको अन्तिम नामावली राजनीतिक दलहरुलाई उपलब्ध गराउने तयारी समेत गरेको छ । अन्तिम नामावली प्रकाशनको गृहकार्य अन्तिम चरणमा पुगेको सचिव मैनालीले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ