arrow

निर्वाचनमा निर्भयपूर्वक सहभागि हुने वातावरण बनाइयोस् : राष्ट्रपति भण्डारी

logo
कुमोद अधिकारी,
प्रकाशित २०७४ वैशाख १ शुक्रबार
bidhya-bhandari.jpg

विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले लामो समयपछी हुन लागेको  स्थानीय तहको नर्वाचनमा सवैको सहभागिता आवश्यक रहेको बताएकी छन् ।  

मोरङको सुन्दरहरैचा नगरपालिकामा रहेको सुकुना बहुमुखि क्याम्पसको रजत जयन्ती समारोमा राष्ट्रपति भण्डारीले निर्वाचनले सबै जनताको हक अधिकार शुनिश्चित हुने र विकासले गति लिने भएकाले निर्वाचनमा निर्भयपूर्वक सहभागि  हुने वातावरण बनाउनु पर्नेमा जोड दिइन् ।    

‘१८ वर्षपछि चुनाव हुनु खुशिको कुरा हो’ राष्ट्रपति भण्डारीले भनिन्, ‘त्यतिखेर १४ १५ वर्ष भएको मान्छेले पनि भोट हाल्न पाएको थिएन त्यसैले पनि मताधिकारको प्रयोग भयरहित रुपमा सबैले प्रयोगगर्न पाउनु पर्दछ ।’

अहिले संविधानले स्थानीय तहमा प्रशस्त अधिकार दिएको चर्चा गर्दै राष्ट्रपति भण्डारीले मताधिकारको प्रयोग गर्न सके शिक्षा, स्वास्थ्य खानेपानी र यहाँको प्रकृति सबैलाई हामीले संरक्षण गर्न सक्ने र केन्द्रीय सरकारको मुख ताकिरहनु नपर्ने बताइन् ।

राष्ट्रपति भण्डारीलेले यूवा वर्गमा लोकतन्त्र प्रति जस्तो प्रतिवद्धता हुनपर्ने हो त्यो नभइरहेको भन्दै त्यो खालको वातावरण बनाउन शैक्षिक संस्थाहरुको समेत महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।


एमाले महासचि ईश्वर पोखरेलले स्थानीयतहको निर्वाचनपछि सिंहदरबारको अधिकार जनतामा आउने भएकाले निर्वाचनमा सहभागि हुन सबैलाई आग्रह गरे । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मुलुकको समबृद्धिका लागि सबै दल मिलेर अघि बढनुपर्ने बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ