arrow

मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउनुपर्छ – रामचन्द्र पौडेल 

logo
प्रकाशित २०७४ वैशाख ३ आइतबार
ram-chandra-poudel.jpg

डुम्रे । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउने वातावरण बनाउनुपर्ने बताएका छन् ।  

दुरा समाज नेपालको २४औँ वार्षिकोत्सवको दमौलीमा उद्घाटन गर्दै नेता पौडेलले मधेसवादी दलहरुसँग अन्तिम समयसम्म छलफल जारी राख्नुपर्नेमा जोड दिए । 

‘स्थानीय तहको निर्वाचन सम्पन्न भए प्रजातान्त्रिक समाजवाद मजबुत हुन्छ, संविधान कार्यान्वयनमा समेत बल पुग्छ,’ उनले भने । 
स्थानीय तहको निर्वाचनले अल्पसङ्ख्यकलगायत सबै जातजातिको हकअधिकार सुनिश्चित गर्ने पौडेलको भनाइ थियो । 

दुरा समाजका राष्ट्रिय अध्यक्ष गोकुलप्रसाद दुराको सभापतित्वमा भएको सो कार्यक्रममा पूर्वमन्त्री शिवलाल थापा, सांसद यज्ञबहादुर थापा, पूर्वसांसद सावित्री दुरा, समाजका केन्द्रीय सचिव दलबहादुर दुरालगायतले आ–आफ्नो धारणा राखे । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ