arrow

तरुण दलको ढिंडो राजनीति

logo
प्रकाशित २०७४ वैशाख ३ आइतबार
dhido_rajniti.jpg

मकवानपुर । स्थानीय निकायको निर्वाचनका लागि धेरैजसो दलहरु होमिंदा नेपाली काँग्रेस पनि तातेको छ । नेपाली काँग्रेस आफ्ना स्थानिय  पार्टी पङतिलाई चलायमान बनाउँदै बनाउँदै स्थानियस्तरमा प्रचारमा जुटेको छ । 

त्यस्तैमा प्रचारमा तातेको छ काँग्रेसको भ्रातृ संगठन तरुण दल पनि । तरुण दल आफ्ना स्थानिय इकाइहरुलाई रिचालन गर्दै चुनाव प्रचार प्रसारमा लागेको छ । जे भेटिन्छ त्यहि खाँदै चुनाव प्रचार प्रसारमा हिडेका तरुण कार्यकर्ताहरु अहिले मकवानपुरका गाउँगाउँमा भेटिन्छन् । चुनावका बेलामा अगाडि जे छ त्यही गाँस टिप्दै प्रचारप्रसारमा हिंड्ने कार्यकर्ताहरुलाई स्वागत गर्न तरुणका स्थानिय नेताहरु पनि लागिपरेका छन् । 

अतिथि सत्कार पनि गर्नै पर्यो । मकवानपुर तरुण दलका अध्यक्ष ईश्वर पाठक गाउँमा चुनाव प्रचारका लागि आएका कार्यकर्तालाई ढिंडो पकाएर खुवाउन अभ्यस्त भइसकेका छन् । उनले चुनावका लागि आएङ्का कार्यकर्ताहरुलाई ढीडो पकाउन पनि हौस्याउने गर्छन । उनीहरु पनि को भन्दा को कम भन्दै ढीडो मस्काउन लागिपरेका भेटिन्छन् । उनले ढिंडोबाटै सत्कार गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ