काठमाडौँमा कति छन् मतदाता ?

प्रकाशित मिति : २०७४ बैशाख ३ आइतबार

काठमाडौँ । काठमाडौँ जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृहमा स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद ढकालले कार्यालय सञ्चालन गर्दै देश पूरै निर्वाचनमा लागिसकेको अवस्थामा यसमा बाधा पुग्ने काम कसैले गर्ने नहुने बताए ।

काठमाडौंँका अन्य १० नगरपालिकामा भने निर्वाचन अधिकृतको कार्यालय रहनेछ । काठमाडौँका नगर क्षेत्रमा निर्वाचन सञ्चालनका लागि आवश्यक पर्ने सामग्री तथा जनशक्ति व्यवस्थापनको काम सोही कार्यालयबाट हुने प्रमुख निर्वाचन अधिकृत ढकालले जानकारी दिए ।

निर्वाचन समाप्त भइसकेपछि कामपा क्षेत्रका मतपेटिका यसै स्थानमा तथा अन्य नगरपालिकाका मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याइनेछ । काठमाडौँ जिल्लामा करिब पाँच लाख ५७ हजार तथा कामपामा दुई लाख ८४ हजार मतदाता छन् । काठमाडौँमा भएका तीन सय १९ मतदानस्थलमध्ये महानगरमा एक सय ५६ छन् । त्यस्तै काठमाडौँका सात सय ५४ मतदान केन्द्रमध्ये महानगरमा एक सय ७८ केन्द्र छन् ।

काठमाडौँ जिल्लामा सबैभन्दा कम मतदानस्थल भएको नगरपालिका कागेश्वरी मनोहरा नगरपालिका हो । सो नगरपालिकामा १३ मतदानस्थल छन् । त्यस्तै सबैभन्दा कम मतदान केन्द्र भएको नगरपालिका दक्षिणकाली हो जहाँ २३ मतदान केन्द्र छन् । रासस

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ