arrow

चुनाव प्रचारका लागि यस्तो छ एमालेको रणनीति

logo
प्रकाशित २०७४ वैशाख ३ आइतबार
cpnuml-530x304.jpg.jpeg

काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेले बैठकले वैशाख ७ गतेभित्रै  प्रदेश, जिल्ला र स्थानीय तहमा निर्वाचन प्रचार समितिहरु निर्माण गरिसक्ने निर्णय गरेको छ ।

स्थानीय तह निर्वाचन केन्द्रीय समन्वय तथा अनुगमन समितिको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । पार्टी महासचिव तथा समिति संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकल तोकिएको जिम्मेवार व्यक्ति संयोजक रहने र सञ्चारकर्मी, बुद्धिजीवी र अनुभवी र विज्ञहरुलाई समावेश गरी प्रचार समिति बनाउन बैठकले सबै मातहतका कमिटीहरुलाई निर्देशन जारी गरेको छ ।

बैठकले स्थानीय तहको निर्वाचनसम्बन्धी कानुनी तथा प्राविधिक विषयहरुमा सबै तहमा प्रशिक्षण तथा तालिम सञ्चालन गर्न समेत निर्देशन दिएको छ । यस्तै, सातवटै प्रदेशमा स्थानीय तहको निर्वाचनसम्बन्धी तयारीका कामहरुको समीक्षा गर्दै बैठकले सबै तहमा निर्वाचन परिचालन कमिटी गठन भई निर्वाचनसम्बन्धी आन्तरिक कामहरु अगाडि बढिरहेको जानकारी दिएको छ ।  

बैठकले विभिन्न उपसमितिहरु निर्माण भई तोकिएका जिम्मेवारीको कामहरु भइरहेको, पार्टीको केन्द्रीय सर्कुलर अनुसार स्थानीय कमिटीहरुको पुनःसंरचनाको काम करिब–करिब सम्पन्न भएको, एमालेको सबै पंक्ति निर्वाचनमा उत्साहजनक रुपमा क्रियाशील रहेको  समीक्षा गरेको छ । समितिको अर्को बैठक ६ गते फेरि बस्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ