arrow

चुनाव विथोल्न मोर्चाको बन्दै बन्द

logo
प्रकाशित २०७४ वैशाख ३ आइतबार
madhasi-morcha-meet-new.jpeg

काठमाडौं । मधेसी मोर्चासहितको संघीय गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनलाई असर गर्ने गरी आन्दोलन गर्ने घोषणा गरेको छ । चुनाव विथोल्ने उद्देश्यले गठबन्धनले मधेस थरुहट लिम्बुवान बन्ददेखि नेपाल बन्दसम्मका कार्यक्रम घोषणा गरेको हो ।
आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गरी गठबन्धनले आन्दोलन घोषणा गरेको हो । चुनावमा उम्मेदवारी दर्ता गर्ने दिन वैशाख १६ गतेसमेत बन्दको घोषणा गरिएको छ ।
आन्दोलनका कार्यक्रमहरु
१, २०७४ वैशाख ५ गते जिल्ला सदरमुकाम लगायत प्रमुख स्थानमा मसाल जुलुस
२, २०७४ वैशाख ७ गते जिल्लाका प्रमुख स्थानमा लाठी र सीटी जुलुस
३, २०७४ वैशाख ९ गते  जनकपुर, उदयपुर, वीरगंज र काभ्रेमा आमसभा
४, २०७४ वैशाख १०गते  बिराटनगर, भैरहवा र पाल्पामा आमसभा
५, २०७४ वैशाख ११ गते  नेपालगञ्ज, विर्तामोड र काठमाडौंमा आमसभा
६, २०७४ वैशाख १२ गते धनगडी, धरान र पोखरामा आमसभा
७, २०७४ वैशाख १३ गते गाँउ,सहर र मतदान केन्द्रमा लाठी जुलुस प्रदर्सन  
८, २०७४ वैशाख १४ गते जिल्ला सदरमुकाम र प्रमुख स्थानमा मसाल जुलुस
९, २०७४ वैशाख १५ गते  मधेश र थरुहट र लिम्बुवान बन्द
१०, २०७४ वैशाख १६ गते नेपाल बन्द
११, २०७४ वैशाख १९ गते  मतदान केन्द्रमा लाठी जुलुस प्रदर्सन
१२, २०७४ वैशाख  २६ गते जिल्लामा मसाल जुलुस प्रर्दशन
१३, २०७४ वैशाख २७ गते देखी आम हड्ताल र अनिश्चितकालीन नेपाल बन्द



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ