arrow

निर्वाचनको लागि चीनले दियो साढे १४ करोडको सामान 

logo
प्रकाशित २०७४ वैशाख ४ सोमबार
china_aid_for_election.jpg

काठमाडौं । छिमेकी मुलुक चीनले नेपालमा हुन लागिरहेको स्थानीय निर्वाचनको लागि साढे १४ करोड बराबरको निर्वाचन सामग्री नेपालललाई सहयोग गरेको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममाबीच चिनियाँ राजदूत यु होङले प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवलाई निर्वाचन सामग्री हस्तान्तरण गरिन् । 

 

चीनले दिएको कूल १४ करोड ४० लाखको सामग्रीहरुमा जेल पेन स्ट्याम्प प्याड, स्ट्याम्प्याड मसी, क्याल्कुलेटर स्केल, पञ्चिङ मेसिन, कैची, ग्लूस्टिक र रबर म्याट लगायतका सममग्रीहरु रहेका छन् । 

 

उक्त समग्री हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले टोलमा राजनीतिक दलले चहल पहल बढाउन नसकेको आरोप लगाएका छन् । उनले राजनीतिक दलले चहलपहल बढाउन नसककेको कारणले जनतामा निर्वाचन हुन्छ कि हुँदैन भन्नेमा अन्यौलता बढेको उनको बुझाई थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ