कुँवरले दिए पत्रकार महासंघको केन्द्रीय समितिबाट राजीनामा
प्रकाशित २०७४ वैशाख ४ सोमबार
332
Shares
काठमाडौं। नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दिपेन्द्र कुँवरले केन्द्रीय समितिबाट राजिनामा दिएका छन् । कुँवरले पत्रकारको सदस्यता समेत हेर्न नपाउने र केन्द्रीय समितिमा पेश नगर्ने प्रवृत्ति स्वीकार गर्न नसकेर राजिनामा दिन बाध्य भएको बताएका छन् ।
उनको राजिनामा नगरकोटमा २०७३ चैत २० गते नगरकोटमा बसेको महासंघ केन्द्रीय समितिको बाह्रौं पूर्ण बैठकमा आएको थियो । उनले राजिनामा पत्रमा लेखेका छन् –‘ महासंघको अहिलेको प्रवृत्तिले चुनाव जितेर सदस्य थप्ने र सदस्य थपेर चुनाव जित्ने राजनीतिक अभिष्ट त पुरा होला, तर महासंघको भविष्य उज्यालो हुने छैन । किनकी यही प्रवृत्ति र गोल चक्करले वास्तविक र क्रियाशील पत्रकार पाखा लाग्ने स्थिति बन्नेछ ।’