arrow

अमेरिकाविरुद्ध परमाणु आक्रमणमा उत्रने उत्तर कोरियाको चेतावनी, नउक्साउन सचेत

logo
प्रकाशित २०७४ वैशाख ५ मंगलबार
north-korea-.jpg

प्योङयाङ । उत्तर कोरियाले अमेरिकाले युद्धका लागि उक्साइरहेको आरोप लगाउँदै यही शिलशिला कायम रहे परमाणु आक्रमणमा उत्रने चेतावनी दिएको छ ।

उत्तर कोरियाका उपविदेश मन्त्री हान सन योलले प्योङयाङले परमाणु तथा मिसाइल परीक्षणलाई हप्तैपिच्छे निरन्तरता दिने चेतावनी दिएको बीबीसीले उल्लेख गरेको छ । 

उपविदेश मन्त्री हानले आफ्नो देशले साप्ताहिक, मासिक र वार्षिक रुपमा मिसाइल परीक्षण गरिरहने प्रष्ट पारेका हुन् ।

अमेरिकाले सैन्य गतिविधि गरे कुनै पनि बेला युद्ध सुरु गर्न आफ्नो देश तयार रहेको चेतावनी पनि हानले दिएका छन् । 

त्यसअघि अमेरिकी उपराष्ट्रपति माइक पेन्सले दक्षिण कोरिया पुगेर उत्तर कोरियामाथि आक्रमण गर्ने चेतावनी दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ