राष्ट्रपति भण्डारीको औपचारिक कार्यक्रम सुरु, मंगलबार यस्ता छन् कार्यक्रम
प्रकाशित २०७४ वैशाख ५ मंगलबार
207
Shares
नयाँदिल्ली। पाँच दिने राजकीय भ्रमणका लागि सोमबार भारत पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबारदेखि औपचारिक कार्यक्रम थालेकी छिन्। भारतीय समकक्षी प्रणव मुखर्जीको निम्तोमा पुगेकी भण्डारीका मंगलबारका कार्यक्रम के के छन् त ?
–बिहान ९ बजे राष्ट्रपति भवनमा औपचारिक स्वागत
–बिहान ९ः३० बजे महात्मा गान्धीको समाधिस्थल राजघाटमा माल्यार्पण
–बिहान ११ः३० बजे भारतीय विदेशमन्त्री सुष्मा स्वराजसंग राष्ट्रपति भवनमा भेटवार्ता
–मध्यान्ह १२ः१५ बजे गृहमन्त्री राजनाथ सिंहसंग राष्ट्रपति भवनमा भेटवार्ता
–दिउँसो १५ः४५ बजे वित्तमन्त्री अरुण जेट्लीसंग राष्ट्रपति भवनमै भेटवार्ता
–साँझ १६ः३० बजे प्रधानमन्त्री नरेन्द्र मोदीसंग राष्ट्रपति भवनमा भेटवार्ता
–साँझ १७ः३० बजे उपराष्ट्रपति मोहम्मद हामिद अन्सारीसंग राष्ट्रपति भवनमै भेटवार्ता
–साँझ १९ः३० बजे भारतीय समकक्षी प्रणव मुखर्जीसंग राष्ट्रपति भवनमै शिष्टाचार ।
सोमबार भारतीय महिला तथा बालबालिका विकास मामिला राज्यमन्त्री कृष्णाराजले ईन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेपछि भने मर्यादामाथि ठूलो आँच आएको छ ।
भण्डारीले सोमबार साँझै विभिन्न दलका नेताहरुसंग भेटवार्ता गरेकी थिइन् ।