arrow

सहमतीमा  पत्रकार महासंघ अधिवेशन सम्पन्न

logo
नविन कुमार शर्मा,
प्रकाशित २०७४ वैशाख ६ बुधबार
patrakar_mahasang_dailekh.jpg

दैलेख । नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेखको पाचौं अधिवेशन सम्पन्न भएको छ । आपसी समझदारीमा अधिवेशन सम्पन्न गर्नकालागि दैलेख शाखामा आवद्द रहेको प्रेस चौतारी नेपाल, नेपाल प्रेस यूनीयन, प्रेस सेन्टर नेपाल, नेपाल प्रगतिशिल प्रत्रकार महासंघ, क्रान्तिकारी पत्रकार संघ लगाएतका संगठनहरुको सवैको प्रतिनिधित्व हुने गरी अधिवेशन बुधबार सम्पन्न भएको छ ।

 जिल्लामा पत्रकारहरुको हक हितका लागी २०६४ सालमा स्थापना भएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेखले पहिलो पटक सवै संगठनहरु लाई समान र समावेशी तरीकाले प्रतिनिधित्व हुने गरी निर्विरोध नयाँ पदाधिकारी चयन गरेको छ । जसमा प्रेस चौतारी नेपालबाट अध्यक्ष चक्र वहादुर खत्री (के.सी.), उपाध्यक्षमा प्रेस सेन्टर नेपालका कृष्ण देवकोटा, समावेशी उपाध्यक्षमा प्रेस चौतारी नेपालकि वालकुमारी वुढा, सचिवमा नेपाल प्रेस यूनीयनका नविन कुमार शर्मा, कोषाध्यक्षमा प्रगतिशिल प्रत्रकार संघका प्रेम वहादुर शाही, सहसचिव प्रेस चौतारी नेपालका महेन्द्र सापकोटा, समावेशी सहसचिवमा क्रान्तिकारी पत्रकार महासंघका प्रकास वि.क. सहित सदसस्यहरुमा प्रेस चौतारीका २ जना, नेपाल प्रेस युनीयनबाट ३ जना, प्रेस सेन्टर नेपालबाट १ जना, प्रगतिशिल प्रत्रकार संघ बाट १ जना चयन भएका छन‍् ।

 यस्तै केन्द्रिय  पार्सदमा प्रेस चौतारीबाट पुस्कर थापा, यज्ञराज थापा, नमन कुमार शाही, विष्णु शर्मा, प्रकास अधिकारी, गोविन्ददेव भारती र नेपाल प्रेस युनीयनबाट भुपेन्द्र शाही, सुर्य विक, गोविन्द के.सी. त्यस्तै प्रेस सेन्टर नेपाल बाट नविन रिजाल चयन भएका छन । प्रदेश पार्सदमा प्रेस चौतारी नेपालबाट याम प्रसाद शर्मा, कमल प्रसाद शर्मा, भरतराज अधिकारी, कविराज वि.सी. र नेपाल प्रेस युनीयनबाट खेमराज थापा, सुर्वण शाही, महेन्द्रविक्रम खड्का, यामराज कटुवाल, अभिषेक गुरुङ्ग त्यस्तै प्रेस सेन्टरबाट गजेन्द्र वहादुर शाही, धर्म विष्ट र क्रान्तिकारी प्रत्रकार महासंघबाट अंगत शाही चयन भएका छन् ।

१०२ जना साधारण सदस्य रहेको जिल्ला शाखा दैलेखको नयाँ नेतृत्वले अवका दिनमा पत्रकारहरुको हकहित लाई अझ वुलन्द गराउने गरी आफु लाग्ने भन्दै नवनीर्वाचीत अध्यक्ष चक्र वहादुर खत्री (के.सी.)ले गठन भएको नयाँ पदाधिकारीहरु सवै संगठनबाट सक्रिय र क्रियासिल साथीहरुको सहभागीता रहेकोले पनी काम गर्न थप हौसला प्रदान गरेको वताएका थिए । केन्द्रिय सदस्य एवं केन्द्रिय प्रतिनिधि झलक गैरेले दैलेखले पत्रकारहरुको संगठनलाई सर्वपक्षिय र समझदारीमा अधिवेशन सम्पन्न गरेकोमा आफु खुशी रहेको वताउदै दैलेख शाखाले अन्य जिल्लाहरुमा पनी सकारात्मक सन्देश दिएको वताएका थिए । त्यस्तै केन्द्रिय प्रतिनिधि शिव डोटेलले पत्रकारहरु एक आपसमा मिलेर समाजलाई सुशुचित गर्ने कार्य गरेमा पत्रकार माथी विभिन्न समयमा हुने आक्रमहरुको समेत डटेर प्रतिकार गर्न सकिने वताएका थिए ।

नेपाल प्रेस यूनीयनका दैलेखका सभापती भुपेन्द्र वहादुर शाहीले पाचौं अधिवेशन जसरी सवै सगठनहरुको आपसी समझदारीमा चयन भएको छ त्यसले गर्दा जिल्लामा सवै पत्रकार साथीहरुको काम गर्ने हौसलामा थप उर्जा दिएको र एक संगठनले अर्काे संगठनलाई गरीने ब्यवहारमा समेत सकारात्मक प्रभाव पर्ने वताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ