arrow

फ्रान्समा आईएसको आतंक, सुरक्षाकर्मी मारिए

logo
प्रकाशित २०७४ वैशाख ८ शुक्रबार
paris-attack.jpg


पेरिस । फ्रान्सको राजधानी पेरिसमा इस्लामिक अतिवादी समूह आईएसको आक्रामणमा परी एक प्रहरीको मृत्यु भएको छ । एक प्रहरी मारिएको उक्त आक्रमणमा दुई जना घाइते भएका छन् ।

प्रहरी कारवाहीमा गोली प्रहार गर्ने व्यक्ति पनि मारिएको प्रहरीले जनाएको छ । उक्त गोलीकाण्डमा आतंकवादीको संलग्नता रहेको राष्ट्रपति फ्राँस्वाँ ओलान्डले दावी गरेका छन् ।

आईएसले घटना आफूले गराएको दावी गरेको छ । एउटा कारबाट उत्रेका आक्रमणकारीले एकाएक स्वचालित बन्दुकले प्रहरीको बसमाथि गोली प्रहार गरेर भागेको र पछि प्रहरी कार्वाहीमा मारिएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ