- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पेरिस । फ्रान्समा भइरहेको राष्ट्रपतिको निर्वाचनमा नयाँ र युवाले अवसर पाएका छन् । कसैले पनि बहुमत प्राप्त गर्न नसकेको पहिलो चरणमा युवाहरु इम्यानुएल म्याकरोन र नेसनल फ्रन्टकी मारिन ल पेन अगाडि देखिएका छन् ।
म्याकरोन पहिलो नम्बरमा र पेन दोस्रो स्थानमा रहेका छन् । मतदानमा म्याकरोनले २३.८ प्रतिशत र पेनले २१.५ प्रतिशत मत पाएको डेलीमेलले जनाएको छ ।
पहिलो र दोस्रो स्थानमा रहेका म्याकरोन र पेनबीच आगामी मे ७ तारिखमा दोस्रो चरणको मतदान हुने छ ।
राष्ट्रपतीय निर्वाचनका लागि पहिलो चरणमा ११ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।
फ्रान्कोइस फिलोनले १९.९ प्रतिशत मत ल्याइ तेस्रो भए पनि दोस्रो चरणमा सहभागीता जनाउन पाएनन् ।
किनकि फ्रान्सको चलन अनुसार पहिलो चरणको मतदानमा कसैले पनि बहुमत प्राप्त गर्न नसके दोस्रो चरणमा शीर्ष दुई स्थानमा रहने उम्मेदवारलाईमात्र राष्ट्रपतिका लागि भिडाइन्छ ।