arrow

पूर्व–पश्चिम राजमार्गमा गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु

logo
प्रकाशित २०७४ वैशाख ११ सोमबार
Shambhunath_Nagarpalika.png

राजविराज। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपलिका–३ मा स्कारपियो गाडीको ठक्करबाट गएराति एक जना साइकलयात्रीको मृत्यु भएको छ।


मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका–१ बस्ने २४ वर्षीय सुलान मियाँ रहेको प्रहरीले जनाएको छ। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा७च ९६४२ नम्बरको स्कारपियोले मियाँ सवार साइकललाई पछाडिबाट ठक्कर दिएको थियो।


ठक्करबाट गम्भीर घाइते उनको विराटनगरस्थित न्युरो अस्पताल ल्याउने क्रममा राति बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।


यस्तै साइकलमा सवार अर्का सोही गाउँपालिका निवासी २३ वर्षीय मुकेशकुमार यादव समेत घाइते भएका छन्। उनको पनि न्युरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ।


ठक्कर दिने स्कारपियो र चालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ