सिलवाल पक्राउ मुद्दाको बहस सकियो, फैसला तयार हुँदैै
प्रकाशित २०७४ वैशाख ११ सोमबार
260
Shares
काठमाडौं । प्रहरी नायव महानिरीक्षक डिआइजी नवराज सिलवालले आफूलाई पक्राउ गरिएको भन्दै सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकिएको छ । सिलवालको रिटको फैसला अदालतले सोमबार (आजै) सुनाउने भएको छ ।
अदालतले आफनै विपक्षी रहेको व्यक्तिलाई कारबाही गर्नु पूर्वाग्रही कामभएको भन्दै सिलवाललाई रजिष्ट्रार र वरिष्ठ अधिवक्ता सम्भू थापाको जिम्मा लगाउनु भन्ने आदेश गर्न लागेको बुझिएको छ ।
सिलवाल पक्राउ परेलगत्तै अधिवक्ता पूर्णप्रसाद राजवंशीमार्फत सर्वोच्चमा रिट दर्ता भएको हो । रिटमा सिलवाललाई पक्राउ नगर्न आदेश माग गर्दै रिटको पेसी सोमबारै तोक्न अनुरोध गरिएको थियो । रिटको सुनुवाई प्रधानन्यायाधीश सुशीला कार्कीको बेन्चमै भएको बताइएको छ ।
सिलवालले प्रहरी महानिरीक्षक प्रकाश अर्यालको नियुक्ति बदरको माग गर्दै निवेदन दिने क्रममा अर्कै कार्यसम्पादन मूल्यांकनको अर्कै कागज पेश गरेको सरकारको जिकिर छ । सिलवालले सर्वोच्चमा पेश गरेको कार्यसम्पादन मुल्याङ्कनमा प्रकाश अर्यालको फाइलबाट आफ्नो कपी पेष्ट गरेको खबरसमेत आएको छ, जसमाथि अहिले छानविन भइरहेको छ ।
कार्यसम्पादन मूल्याङ्कनको फाइल कसैले पनि राख्न नपाउने भए पनि सिलवालले आफ्नो मात्र नभई अर्यालको समेत फाइल राखेको र व्यक्तिगत फाइल मिडियालाई बाँडेको आरोप छ । प्रहरीले सिलवाललाई सोमबार विहान् घरबाट प्रहरी प्रधान कार्यालय नक्साल लगेको थियो ।