arrow

भारतमा नक्सालवादी विद्रोहीको धरापमा परी २५ सुरक्षाकर्मीको मृत्यु, ८ बेपत्ता

logo
प्रकाशित २०७४ वैशाख १२ मंगलबार
india-attack.jpg

छत्तिसगढ । भारतको मध्य छत्तिसगढ राज्यमा वामपन्थी नक्सालवादी विद्रोहीद्वारा सोमबार दिउँसो गराइएको धराप विस्फोटमा परी अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ । 

‘भारतीय अर्ध सैनिक बलसेन्ट्रल रिजर्ब सेकुरिटी फोर्स’का कम्तीमा २५ जना अधिकारीको मृत्यु भएको सुक्मा जिल्लाका अतिरिक्त प्रहरी प्रमुख जितेन्द्र शुक्लाले बताए ।

८ जना वेपत्ता भएकोसमेत जनाइएको छ । सात सुरक्षकर्मी घाइते भएका छन् । 

झण्डै ३०० को संख्यामा रहेका आतंकवादीले बुर्का पाल गाउँ नजिकै गस्तीमा रहेको अर्ध सैन्य समूहलाई लक्षित गरी विस्फोट गराका थिए ।

उक्त समूह स्थानीय गाउँमा भइरहेको सडक निर्माण कार्यमा सघाउन त्यहाँ पुगेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ