arrow

२२ देशका दुई करोड ५० लाख बालबिलिका विद्यालय जानबाट वञ्चित :युनिसेफ

logo
प्रकाशित २०७४ वैशाख १२ मंगलबार
unicef-child-out-of-school.png

संयुक्त राष्ट्रसङ्घ। द्धन्द्धले प्रभावित भएका २२ देशको झण्डै दुई करोड ५० लाख बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन्। राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा ६ देखि १५ बर्ष उमेर समूहका दूई करोड ५० लाख बालबालिका विद्यालय जाने अवसरबाट वञ्चित भएका उल्लेख छ।


विभिन्न द्धन्द्धको चपेटामा परिरहेका विश्व २२ देशका ६ देखि १५ बर्ष उमेर समूहका २२ प्रतिशत बालबालिकाहरुको यस प्रकार विद्यालय जानबाट वञ्चित रहेका पनि युनिसेफले जानकारी दिएको छ।


त्यसैगरी विद्यालय जान नपाएका प्राथमिक विद्यालय तहमा बालबालिकाहरुको सवै भन्दा धेरैसङ्ख्या दक्षिणी सुडानमा रहेका छन त्यहाँ झण्डै ७२ प्रतिशत बालबालिकाले विद्यालय शिक्षा प्राप्त गर्ने अधिकारबाट बञ्चित रहेका युनिसेफको तथ्याङ्क रहेको छ।


राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेर्रेसका प्रवक्ता स्टेफन डुजार्रिकले दक्षिण सुडानलाई चाड र अफगानिस्तानले पछ्याईरहेका बताउनु भएको छ। उनले दक्षिण सुडान, चाड र अफगानिस्तानमा विद्यालय नजाने बालिकाहरुको सङ्ख्या अझ डरलाग्दो गरी भएको पनि जानकारी दिए।


निम्नमाध्यामिक विद्यालय तहमा विद्यालय नजाने बालबालिकाहरुको सङ्ख्या भने सवै भन्दा धेरै नाइजरमा देखिएको छ। दोस्रोमा दक्षिण सुडान र तेस्रोमा मध्य अफ्रिका रहेको प्रवक्ता स्टेफनले बताए। रासस÷सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ