चितवनमा क्रान्तिकारी र अनेरास्ववियु विद्यार्थीबीच झडप, २ घाइते
प्रकाशित २०७४ वैशाख १२ मंगलबार
332
Shares
चितवन। कृषि तथा वन विज्ञान विवि रामपुरमा दुई विद्यार्थी समूहबीच झडप हुँदा दुई जना घाइते भएका छन्। अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियुबीच आज बिहान १०.३० बजे छात्रावासको भोजनालयमा खाना खाने क्रममा विद्यार्थीबीच झडप भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
झडपमा परी घाइते हुनेमा अनेरास्ववियुका चिरन्जीवी पन्त र अर्का एक जना रहेको र उनीहरुलाई उपचारका लागि भरतपुरका पठाइएको छ। केही दिन अगाडि कलेजमा लगाइने टिसर्टका विषयमा उनीहरुबीच विवाद भएको थियो। आज बिहान झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिएको थियो। रासस