श्रीमानसँग झगडापछि आफ्नै घरमा आगजनी, अहिले प्रहरी फन्दामा
प्रकाशित २०७४ वैशाख १४ बिहिबार
432
Shares
तेह्रथुम । श्रीमान् सँगको सामान्य विवादमा आफ्नै घरमा आगो लगाउने तेह्रथुमको आठराई गाउँपालिका–५, छातेढुंगाकी अनिता देवानलाई प्रहरीले पक्राउ गरेको छ ।
विहीबार अपरान्ह श्रीमान् कुमार देवानसँग सामान्य विवाद हुँदा अनिताले आफ्नै घरमा आगो लगाएकी थिइन् । आगोले देवानको खरको छानो भएको एउटा घर पुर्ण रुपमा जलेर नष्ट भएको छ ।
आगलागीबाट कति क्षति भयो ? भन्ने पुर्ण विवरण संकलन भइरहेको प्रहरी चौकी छातेढुंगाले जनाएको छ